काठमाडौँ । विश्व हिन्दु परिषद् नेपालले जानकी मन्दिरमा यस वर्ष पनि ३४ जोडीको बिना दाइजो सामूहिक विवाह गराएको छ । सीताराम विवाह पञ्चमीको अवसरमा शनिवार राति मन्दिर परिसरमै हिन्दु परम्परा अनुसार परिषद्ले सामूहिक विवाह गराएको हो । विवाहमा लागेको सम्पूर्ण खर्च परिषद्ले व्यहोरेको छ ।
परिषद्का धनुषा अध्यक्ष सन्तोष साहले दाइजो प्रथा अन्त्य गर्न विगत ६ वर्षदेखि सामूहिक विवाह गराउँदै आएको जानकारी दिए । उनले बेहुलीलाई सुनको मंगलसूत्र, १५ सेट साडी, शृङ्गार पटार, बेहुलाका लागि आवश्यक पर्ने सबै लुगा परिषद्ले व्यवस्था गरेको बताए ।
विवाहित जोडीलाई भान्सा कोठामा प्रयोग हुने भाडावर्तन, बेडसिट र बेहुला/बेहुली दुवै पक्षलाई २५/२५ जनाका लागि खानाको व्यवस्था समेत परिषद्ले नै गरेको उनको भनाई छ ।
दाइजो बिना विवाहका लागि परिषद्ले सूचना जारी गर्छ । त्यसपछि सम्पर्कमा आएका बेहुला(बेहुलीलाई दुवै पक्षका अभिभावकको सहमतिमा सामूहिक विवाह गराइन्छ । यसमा सहभागी अधिकतर बेहुला ९ बेहुली विपन्न वर्गका हुन्छ ।
विवाह गर्नुअघि बेहुलाहरूलाई दिउँसो रथमा राखेर जनकपुरधाम नगर परिक्रमा गराइएको थियो । परिषद्ले विना दाइजो धूमधामका साथ विवाह गराउने कार्य प्रशंसनीय भएको युवा अभियन्ता प्रशान्त झा बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ मंसिर २०८१, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन