विराटनगर । गृहमन्त्री रमेश लेखकले नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआइ सम्बन्धि थप सम्झौता कांग्रेससँगैकाे सहमति भएकाे बताउनु भएकाे छ ।
नेपाली कांग्रेस काेशी प्रदेशकाे प्रथम सम्मेलनमा गृहमन्त्री लेखकले बीआरआइ सम्झौता कांग्रेसकाे धारणा, सल्लाह र सहमतिमा भएकाे बताउनु भएकाे हाे ।
"नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बिआरआइ सम्बन्धि थप सम्झौता गरेकाे छ । याे सम्झौता नेपाली कांग्रेसकाे धारण सल्लाह र सहमति अनुसार भएकाे हाे । यसमा अन्यथा साेच्न जरुरी छैन," उहाँले भन्नुभयो । गृहमन्त्री लेखकले मुलुककाे समग्र विकास गर्नका लागि आर्थिक सहायता लिने आवश्यक रहेको भन्दै बीआरआइमा ऋण लिने कुरा नभएको बताउनु भयाे । "कांग्रेसले ऋण लिन्न भनेर भनिसकेको छ । सम्माननीय प्रधानमन्त्रीजीले ऋण लिने कुरा भएको छैन भनिसक्नु भएकाे छ । अब यसकाे ठीक कार्यान्वयन लाग्नुपर्छ," उहाँले भन्नुभयो ।
यस्तै कांग्रेस र एमाले मिलेर बनेकाे राजनीति समीकरणकाे लक्ष्य भ्रष्टचार नियन्त्रण, विकास र समृद्धि रहेकाे उहाँले बताउनुभयो ।
"त्यस समीकरणकाे धरातलमा उभिएर संघ र प्रदेशमा सरकार गठन भएका छन् । याे समीकरण कही मान्छेलाई मन्त्री बनाउन बनेकाे हाेइन," उहाँले भन्नुभयो, "याे स्थायित्वका लागि बनेकाे हाे । यसले भ्रष्टचार नियन्त्रण, विकास र समृद्धिका लागि काम गरिरहेकाे छ । देशमा दिगाेशान्ति, सुशासन, विकास र समृद्धिका लागि याे समीकरण बनेकाे हाे।"
संविधान संशोधनकाे विषय उठेकाे भन्दै संघीय लाेकतान्त्रिक शासन व्यवस्था र समावेशितालाई थप उन्नत बनाउनका लागि संविधान संशोधन गरिने बताउनु भयाे । संविधान संशोधनका लागि आन्तरिक छलफल सुरु भइसकेको उहाँको भनाइ छ । कांग्रेस र एमालेले सत्ता समीकरणलाई ८४ निर्वाचनसम्म पुराउनुपर्नेमा गृहमन्त्री लेखककाे जाेड थियाे ।
"वर्तमान व्यवस्थामाथि आक्रमण हुँदै छ । याे संविधानमाथि आक्रमण हुँदै छ । यसलाई सुरक्षित गर्नु कांग्रेसकाे पहिलो दायित्व हाे," उहाँले भन्नुभयाे, "नेपाली कांग्रेस बलियो नभएर लाेकतन्त्र र याे व्यवस्था बलियो हुँदैन । काेशी प्रदेशकाे प्रथम सम्मेलन बलियो, प्रभावकारी, नेतृत्वदायी कांग्रेस निर्माणमा काेसेढुंगा सावित हुनेछ ।"
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ मंसिर २०८१, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तकोशीको कटान रोक्न अस्थायी र दीर्घकालीन योजना तयार गछौँ : गृहमन्त्री लेखक
नेपाली भूमि भारतीयले भोगचलन गरिरहेकोबारे कूटनीतिक पहल भइरहेको छ : गृहमन्त्री लेखक
विपद् जोखिम न्यूनीकरण सम्बन्धी संरचना बलियो बनाउनुपर्छ: गृहमन्त्री लेखक
संविधान संशोधन सबै दलको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक
संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार : गृहमन्त्री लेखक
सशस्त्र प्रहरीलाई सीमाको डेडिकेटेड फोर्स बनाइन्छ: गृहमन्त्री लेखक