पोखरा । चीन भ्रमणको तयारी गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा विमानस्थल सञ्चालनको विषयलाई पनि एजेण्डा बनाउने बताएका छन् । गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्याल नेतृत्वको टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उद्योगी र पर्यटन व्यवसायीहरुसहित भेटेका गण्डकीका पर्यटनमन्त्री बस्यालले पोखराबाट उडान सुरु भएको २ वर्षसम्म पनि पोखरा विमानस्थल अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा मात्र सीमित भएको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।
संघीय पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित मंगलबार प्रधानमन्त्रीलाई भेटेको गण्डकीका पर्यटनमन्त्री नेतृत्वको टोलीले अन्तर्राष्ट्रिय उडान पनि नहुने र पोखरा जोड्ने प्रमुख राजमार्गको हालत पनि खराब हुँदा पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको बताएका थिए ।
सो भेटमा पोखराका पर्यटनसँग सम्बन्धित संस्थाहरुको छाता संगठन पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका थिए । ‘यहाँ नै प्रधानमन्त्री भएको समयमा शिलान्यास भएर निर्माण सुरु भएको विमानस्थलको उद्घाटन भएको पनि करिब दुई वर्ष हुन लाग्यो, आन्तरिक उडानमा उल्लेख्य प्रगति भए पनि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन,’ निजी क्षेत्रको तर्फबाट ज्ञापनपत्र बुझाउँदै पहारीले भने, ‘अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सबै पूर्वाधार पूरा भएर पनि उडान हुन नसक्नुको कारण खोजी गर्नुपर्ने भएको छ ।’
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु भइसकेकाले अब पोखराबाट पनि नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने उनीहरुको माग छ । अघिल्लो वर्ष भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जानुअघि पनि गण्डकी प्रदेशका मन्त्री नेतृत्वको टोलीले सोही माग राखेको थियो । त्यो माग पूरा नभएपछि ओलीको चीन भ्रमणको क्रममा पनि सोही मागसहित पोखराबाट टोली काठमाडौं आएको छ ।
अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पोखरामात्रै नभएर गण्डकी क्षेत्रकै पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको गण्डकी प्रदेशका उद्योगी तथा पर्यटन व्यवसायीहरुको भनाइ छ ।
केही अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरूले, प्राविधिक रूपमा विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि सक्षम रहेको पुष्टि गरिसकेको भन्दै उनीहरुले अब कूटनीतिक पहल गरी नियमित अन्तर्राष्ट्रिय उडान सुरु गराउन आग्रह गरे । ‘७ नोभेम्बरमा चाइनाबाट १३४ यात्रु लिइ सहज अवतरण गरेको सिचुवान एअरलाई नै लिन सकिन्छ । तर, यी उडानलाई नियमित रूपमा सञ्चालन गर्नका लागि अब उच्चस्तरीय कूटनीतिक संवाद आवश्यक भएको देखिन्छ भने नेपाल वायु सेवा निगमबाटसमेत तत्काल उडान सुचारू गर्न प्रधानमन्त्रीज्यूको निर्देशनकोसमेत आवश्यक छ,’ पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले भने ।
पृथ्वीराजमार्ग र सिद्धार्थ राजमार्गको हालको दयनीय अवस्था विदेशी तथा आन्तरिक पर्यटकहरूको यात्रा अनुभवमा प्रतिकुल असर पारिरहेको र राजमार्गहरूमा तत्काल सुधार, स्तरोन्नति र भइरहेका कार्यहरु गुणस्तरीय रूपमा द्रूर्त गतिमा सम्पन्न गर्नको लागि सरकारबाट आवश्यक पहलको लागि प्रधानमन्त्रीलाई गण्डकीको टोलीले आग्रह गरेको छ ।
प्रधानमन्त्री ओली पोखरा विमानस्थल सञ्चालनबारे आफू चिन्तित रहेको र यसबारे कूटनीतिक पहल गर्ने बताए । उनले आसन्न चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे एजेण्डा बनाउने आश्वासन दिएको गण्डकीका पर्यटनमन्त्री बस्यालले बताए । ‘प्रधानमन्त्रीजीले पोखरा र त्यहाँको विमानस्थल सञ्चालन गर्नेबारे आफू गम्भीर रहेको बताउनु भयो । उहाँले
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ मंसिर २०८१, ११ : ००
लेखकबाट थप