काठमाडौँ । काठमाडौँको लाजिम्पाटस्थित पानी पोखरीमा कार्तिक ११ मा घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गरेको आरोपमा प्रहरीले थप १ जनालाई पक्राउ गरेको छ ।
आक्रमणमा संलग्न गोरखाको फुजेल घर भएका निश्चल सुनारलाई झापाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए। उनले भने– ‘जिल्ला प्रहरी कार्यालय झापासँगको समन्वयमा आक्रमणमा संलग्न दोस्रो व्यक्तिलाई पक्राउ गरेका छौँ ।
नुवाकोटको ककनी गाउँपालिका–६ घर भएर टोखा नगरपालिका–३ स्थित ग्राण्डी बस्ने ३५ वर्षीय लामालाई आक्रमण गरेको आरोपमा यसअघि शैलेन्द्र तामाङ उर्फ मार्सल पक्राउ परेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँले मार्सललाई अभद्र व्यवहारमा मुद्दा चलाएको थियो ।
अदालतको आदेशले मार्सल थुनामा गएका छन् । उनी कारागारमुक्त भएपछि पुनः ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान गरिने एसपी अधिकारीले बताए ।
लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा विक्रमलाई ४ जना मिलेर रड प्रहार गरेर निर्घात कुटपिट गरेको सीसीटिभी फुटेजमा देखिन्छ । आक्रमण गर्ने मध्येका २ जना अझै फरार छन् । आक्रमणकारीहरूको पहिचान भैसकेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । आक्रमणमा संलग्न अजय लामा र दीपक बरामु फरार छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ मंसिर २०८१, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हत्या अभियोगमा एक युवक पक्राउ
बिनाअनुमति वन्यजन्तु पालेको आरोपमा २ जना पक्राउ
गौशालाबाट सुमन सायमिसहित ४ जना पक्राउ
ठगी गरेको आरोपमा ३ जना पक्राउ
नक्कली नोटसहित ४ जना पक्राउ
विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ