राष्ट्रपतिद्धारा आमा मिथिला पाण्डेको हातबाट टिका ग्रहण

शुक्रबार, ०२ कार्तिक २०७५, १३ : २३
राष्ट्रपतिद्धारा आमा मिथिला पाण्डेको हातबाट टिका ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शुभसाइतमै वडादशैंको टीका ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भवन शितल निवासमा शुक्रबार बिहान ९ः ५१ को शुभसाइतमा हनुमानढोकास्थित दशैंघरका मुल पुजारी देवराज अर्यालले टीका भण्डारीलाई टिका लगाई दिनुभयो।


राष्ट्रप्रमुखलाई दशै घरका मुल पुजारीले दुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा लगाईदिने परम्परा छ । टीका ग्रहणका बेला मंगल धुन बजाइएको थियो ।

राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेको हातबाट पनि टीका ग्रहण गर्नुभएको छ। लगतै राष्ट्रपति भण्डारीले आफ्ना छोरी ज्वाइँलाई टीका र जमरा लगाई दिनुभयो ।

राष्ट्रपति भण्डारीले सर्वसाधारणका लागि टीका लगाइदिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस