योगेश भट्टराई भन्छन्,-'प्रधानमन्त्रीले संसदीय व्यवस्थाकै धज्जी उडाए'

आइतबार, १६ पुस २०७४, १३ : २७
योगेश भट्टराई भन्छन्,-'प्रधानमन्त्रीले संसदीय व्यवस्थाकै धज्जी उडाए'

चितवन । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिएर संसदीय व्यवस्थाकै धज्जी उडाएको आरोप लगाएका छन ।

सचिव भट्टराईले निर्वाचनमा हार व्यहोरेपछि नयाँ सरकार गठनका लागि बाटो खुला गर्नुको सट्टा प्रधानमन्त्री देउवाले पदमै बसिरहने नकचरो प्रवृति देखाईरहेको तर्क समेत गरे ।

उनले नयाँ संसद आएपछि पुरानो संसदले बनाएको सरकार स्वतह विघटन हुने सर्वमान्य सिद्धान्त विपरित काँग्रेस नेतृत्वको सरकार अघि बढन खोजीरहेको दावी समेत गरे ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नयाँ सरकार गठन प्रक्रिया संविधान, कानुनभन्दा पनि राजनीतिक व्यवस्थाको आधारमा हुने पनि स्पष्ट पारे । सचिव भट्टराईले प्रधानमन्त्री देउवा काँग्रेसको अन्तिम प्रधानमन्त्री भएको ठोकुवा गरे ।

 

प्रतिक्रिया दिनुहोस