राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली र पूर्वराजा शाहले सर्वसाधारणलाई टीका लगाइदिने

विहीबार, ०१ कार्तिक २०७५, १३ : ४९
राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली र पूर्वराजा शाहले सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारीले बिजया दशमीकाे दिन सर्वसाधारणलाई टीका लगाइदिनुहुनेछ ।  उहाँले  शुक्रबार अपराह्न १ बजे देखि ३ बजेसम्म विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिने र त्यसपछि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिनुहुने भएकाे छ। प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले टीकाग्रहणपछि मन्त्री, सांसद, कर्मचारी, सुरक्षासम्बद्ध उच्च पदस्थ तथा सर्वसाधारणलगायतलाई टीका लगाइदिनुहुने भएको हो । सचिवालयका अनुसार बुवाको हातटबाट टीका लगाएर प्रधानमन्त्री ओलीले दिउँसो १ बजे राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम छ ।

त्यस्तै २ बजेपछि मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्चपदस्थ राष्ट्रसेवक कर्मचारीलाई प्रधानमन्त्रीले टीका लगाइदिने कार्यक्रम छ । यस्तै, अपराह्न तीन बजेदेखि साँझ साढे ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने सचिवालयले जनाएको छ । त्यसपछि परिवार र पार्टीका कार्यकर्तालाई टीका लगाइदिने कार्यक्रम छ ।

उता, पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ । गत बर्ष सर्वसाधारणलाई टीका नलगाइदिनुभएका शाहले यसपालि अाफ्ना शुधचिन्तक तथा सर्वसाधारणलाई टिकाकाे दिन अपरान्ह ३ बजेदेखि टीका लगाइदिनु हुने भएकाे हाे ।

 

प्रतिक्रिया दिनुहोस