काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मोहनमान सैंजुको ८३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि पार्किन्सन रोगसम्बन्धी समस्या झेल्दै आएका सैंजुको सानेपास्थित आफ्नै निवासमा मंगलबार साँझ निधन भएको उनकी छोरी मीता प्रधानले जानकारी दिएकी छिन् ।
उनले अमेरिकाका लागि नेपाली राजदूत, गरिबी निवारण कोषको उपाध्यक्ष, राष्ट्रिय योजना आयोग सदस्य, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष तथा सेडाको प्रमुख विशेषज्ञ भई काम गरेका थिए । सुप्रबल गोरखा दक्षिण बाहु, महेन्द्र विद्या भूषण, प्रबल त्रिशक्तिपट्टबाट उनी सम्मानित थिए ।
पूर्वराजदूत सैंजुका आर्थिक, सामाजिक तथा विकास नीतिसम्बन्धी १ सय ५० भन्दा धेरै लेख विभिन्न पत्रपत्रिकामा अंग्रेजी तथा नेपाली भाषामा प्रकाशित छन् ।
उनका श्रीमती, एक छोरा, एक छोरी छन् । उनको शुक्रबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ कार्तिक २०८१, १२ : ४०
लेखकबाट थप