काठमाडौंमै अवतरण गराइयो थाई एयर एसिया, ३७ मिनेट होल्ड

सफल खबर संवाददाता

आइतबार, ११ कार्तिक २०८१, १५ : २३
काठमाडौंमै अवतरण गराइयो थाई एयर एसिया, ३७ मिनेट होल्ड

file Photo

काठमाडौँ । अवतरण अनुमति सकिएको एयर एसियाको जहाज काठमाडौँ आएपछि लामो समय आकाशमा ‘होल्ड’ हुन पुगेको छ ।  बैंककबाट काठमाडौँका लागि उडेको जहाजले अवतरणको अनुमति नपाएपछि १३ नटिकल माइलमा होल्ड गरिएको थियो । उक्त जहाज २ बजे काठमाडौँमा अवतरण गर्नुपर्ने तालिका थियो । तर, अनुमति सकिएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अवतरण गर्ने अनुमति दिएन । त्यसपछि जहाज काठमाडौँमाथिको आकाशमा होल्ड भयो । 

विमानस्थल स्रोतका अनुसार एयर एसियाको अवतरण अनुमति शनिबारसम्म मात्रै थियो । आइबारदेखि ‘विन्टर सेड्युल’ लागु भएकाले उक्त जहाजलाई विमानस्थलले काठमाडौँमा अवतरण गर्न दिएन । 

उक्त कुरा विमानस्थलले नियामकीय निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गरायो । लगत्तै प्राधिकरणको आकस्मिक बैठक बस्यो र अवतरणका लागि अनुमति दियो । अनुमति पाएपछि एयर एसिया २ बजेर ३७ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यात्रुको सुरक्षा लगायतको कारण जहाजलाई अवतरणको अनुमति दिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिएका छन् । 

समान्यतयाः जहाजको उडान र अवतरणबारे दुवैतर्फका विमानस्थललाई पहिल्यै थाहा हुन्छ । 

प्रतिक्रिया दिनुहोस