बैतडी । एकीकृत अखिल नेपाल शिक्षक संगठन बैतडीको अध्यक्षमा रमेशनाथ सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिबार पाटनमा सम्पन्न भएको पाँचौं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा उद्धव महरा, देवसिंह ठगुन्ना, जानकी लुहार, सुरेन्द्र साउद, गणेश बोहरा, सचिवमा लक्ष्मीदत्त भट्ट, अर्थ सचिवमा राजेन्द्र जोशी, सहसचिवमा गीता जोशी, शंकर घर्ती र वीरसिंह ठगुन्ना चयन भएका छन् ।
कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नं ७ का इन्चार्ज कृष्णदत्त भट्टले शिक्षकको पेशागत हकहितका लागि संगठनको महत्वपूर्ण भूमिका रहेको बताए ।
माओवादी केन्द्रका पोटिलब्यूरो सदस्य विजय सुन्दरले समृद्धि र समाजवादउन्मुख यात्रामा अखिल नेपाल शिक्षक संगठनको अह्म भूमिका रहेको बताए ।
प्रतिक्रिया दिनुहोस