काठमाडौँ । सीआईबीबाट फोन गरेको भन्दै धम्की दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । त्यसरी धम्की दिने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका–१ ठुलो मिल चोक बस्ने ३० वर्षीय हमकुमार खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
उनले केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुखको TRUECALLER App मा नाम र फोटो प्रयोग गरी विभिन्न वित्तीय संस्था तथा व्यक्तिहरूलाई सीआईबीबाट फोन गरेको भनी धम्की दिने गरेको प्रहरीले भनाई छ ।
उनलाई उक्त ब्युरोबाट खटिएको प्रहरीले मोरङ विराटनगर महानगरपालिका–१ ठुलो मिल चोकबाट पक्राउ गरेको हो । उनी पक्राउबारे जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ कार्तिक २०८१, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
स्रोत नखुलको भारतीय रुपैयाँसहित दुई जना पक्राउ
जुवातास खेलिरहेका ३९ जना पक्राउ
कपिलवस्तुबाट २० लाख ५० हजार भारतीय रुपैयाँसहित २ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ
खैरो हिरोइनसहित ६ जना पक्राउ