रवि र छवि दुबैलाई म्याद थपको लागि लगियो अदालत

सफल खबर संवाददाता

विहीबार, ०८ कार्तिक २०८१, १० : ३९
रवि र छवि दुबैलाई म्याद थपको लागि लगियो अदालत

पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने र  पूर्व डीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराइएको छ । 

पुनः म्याद थपको लागि उनीहरूलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो ।  कास्कीका एसपी श्यामबावु ओलियोले उनीहरूउपर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । 

लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए। सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी जोशी यसअघिदेखि नै पक्राउ परेका थिए ।