काठमाडौ । डेंगीको सङ्क्रमण बढेको अवस्थामा बजारमा सिटामोलको अभाव भएको छ ।
विभिन्न माध्यमबाट यस्तो जनगुनासो आएसँगै नेपाल औषधि लिमिटेडले देशभर ध्यानाकर्षण भएको जनाएको छ ।
लिमिटेडले बिहीबार जारी गरेको विज्ञप्तिमा आफ्नो प्रमुख उत्पादनको रूपमा रहेको सिटामोलको नियमित उत्पादन भइरहेको र मागअनुसार आपूर्ति पनि हुँदै आएको स्पष्ट पारेको छ ।
यस्तै लिमिटेडले डेंगीको सङ्क्रमणलाई ध्यानमा राख्दै सर्वसाधारणका लागि सिटामोलको सहज उपलब्धता गराउने उद्देश्यले काठमाडौँको बबरमहलस्थित बिक्री महाशाखाको काउन्टरबाट जो कोहीले पनि आवश्यकता अनुसारको सिटामोल बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खरिद गर्नसक्ने व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ कार्तिक २०८१, १० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिटामोल अभाव छैन : औषधि लिमिटेड
जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा
सौगात र बेनिशाको ‘सिटामोल’ को जापानमा प्रदर्शन अधिकारको सम्झौता