चितवन हात्ती महोत्सव सम्पन्न

आइतबार, १६ पुस २०७४, १० : २१
चितवन हात्ती महोत्सव सम्पन्न

 चितवन । चितवनको रत्ननगरस्थित सौराहामा भएको ५ दिने चितवन हात्ती महोत्सव सम्पन्न भएको छ । यही पुस ११ गतेदेखि सुरु भएको १४औं चितवन हात्ती महोत्सव शनिबार सम्पन्न भएको हो ।

महोत्सवअन्तर्गत भएको विभिन्न कार्यक्रममध्ये हात्तीको फास्टवाक प्रतियोगितामा टुरिजम बैंकबाट सहभागी लक्कीकली प्रथम भएको छ । हिमालयन जर्नीको एकताकली दोस्रो र कोकाकोलाबाट सहभागी अनारकली तेस्रो भएको आयोजक समितिका संयोजक दीपक भट्टराईले जानकारी दिए ।

सौराहाको बाघमारा चौरमा भएको महोत्सवमा हात्ती सुन्दरीको ताज भनेहोटल पार्क साइडको पुजाकलीले जितेकी छिन् । यस्तै हात्ती पेन्टिङगमा भने पुनक कलिले जित्यो । हात्तीको फुटबलमा चौधरी ग्रुमले जितेको छ । कुमारी बैंकलाई शुन्यका विरुद्ध ३ गोलले हराउँदै सिजीले उपाधि जितेको हात्ती व्यवस्थापन तथा खेलकुद समितिका संयोजक ऋषि तिवारीले जानकारी दिए ।

हात्ती होपोलोमा माउन्ट एभरेष्ट ग्रुपले जितेको छ । उसले मेघा बैंकलाई ३ का विरुद्ध ६ गोलले पराजित गरेको हो । यसपालि गाडा, डुंगा र टाँगा दौड कार्यक्रम हटाइएको थियो । हात्तीको वनभोज कार्यक्रमसमेत भएको आयोजकले जनाएको छ । हात्ती महोत्सवले सौराहामा आन्तरिक पर्यटकलाई आकर्षित गराएको क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस