रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

सफल खबर संवाददाता

आइतबार, ०४ कार्तिक २०८१, १९ : ४०
रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ ।

पक्राउ परेको दिन (शुक्रबार)देखि नै गणना हुने गरी म्याद थप भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

अदालतले दिएको अनुमति अनुसार प्रहरीले अब लामिछानेलाई बुधबार अपराह्नसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ । त्यसपछि थुनाअवधि लम्ब्याउनु परे अनुसन्धानको प्रगति विवरणसहित अदालतबाट पुन: म्याद थपको अनुमति लिनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस