विपक्षी दलको बैठकमा रास्वपाका ६ नेता सहभागी

सफल खबर संवाददाता

शुक्रबार, ०२ कार्तिक २०८१, १० : ५१
विपक्षी दलको बैठकमा रास्वपाका ६ नेता सहभागी

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वानमा बसेको विपक्षी दलको बैठकमा रास्वपाबाट मात्रै ६ नेता सहभागी भएका छन् । सभापति रवि लामिछानेसहित ६ नेताहरु बैठकमा सहभागी भएका हुन् ।

बैठकमा रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, नेताहरु शिशिर खनाल, सुमना श्रेष्ठ, विराजभक्त महर्जन सहभागी भएका हुन् । बैठकमा माओवादीबाट भने प्रचण्ड र शक्ति बस्नेत तथा एकीकृत समाजवादीबाट अध्यक्ष माधव कुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहभागी छन् ।

यस्तै आजपाबाट अध्यक्ष प्रभु साह सहभागी हुँदा सत्ता पक्षमै रहेपनि लोसपाका अध्यक्ष महन्थ ठाकुर सहभागी छन् । बानेश्वरमा बसिरहेको बैठकमा समसामयिक राजनीतिक विषयवस्तुको विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस