गीतकार विश्व वल्लभको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २३ असोज २०८१, १३ : ५०
गीतकार विश्व वल्लभको मृत्यु

काठमाडौँ । चर्चित गीतकार विश्व वल्लभको मृत्यु भएको छ । अन्नपूर्ण न्युरो अस्पतालमा आज उनको मृत्यु भएको हो । मस्तिष्कघात भएपछि उनी अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत थिए ।

मस्तिष्कघातका कारण उनको शरीरको देब्रे पाटो चल्दैन थियो । केही दिन पहिला अस्पतालबाट घर लगिए पनि निमोनिया भएपछि पुनः अस्पताल भर्ना गरिएको थियो ।

उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर वल्लभका सहोदर भाइ हुन् । तारादेवीले गाएको ‘शुभकामना’, अरूणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता चर्चित गीतहरू वल्लभले नै लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस