दाउन्ने सडक दुईतर्फी सञ्चालन, मालवाहक सवारीसाधन प्रवेशमा रोक

सफल खबर संवाददाता

आइतबार, २० असोज २०८१, १२ : ५१
दाउन्ने सडक दुईतर्फी सञ्चालन, मालवाहक सवारीसाधन प्रवेशमा रोक

नवलपरासी। पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।

गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका- ४ दाउन्नेस्थित खुर्सानीखोलामा भासिएको सडक मर्मतपछि आज बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

शनिबार बिहान ९ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइए पनि मालवाहक सवारीसाधनलाई भने दाउन्ने प्रवेशमा रोक लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस