काठमाडौँ । ट्राफिक प्रहरीका अनुसार ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी साधन आज पनि चल्न सकेका छैनन् । पुल नजिकै सडक भासिएका कारण सवारी साधन प्रभावित भएका हुन् ।
ललितपुरकै एकान्तकुनाबाट महालक्ष्मीस्थान तर्फ सर्भिस लेन भएर आउने सवारी साधनलाई मुख्य लेनबाट पठाइएको छ । सडकमा खाल्डो परेकाले उक्त स्थानमा सवारी साधनलाई मुख्य लेनबाट पठाइएको हो । यसबाहेक काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको छ ।
नदी तथा खोलाले सडक कटान गरेका कारण बीपी राजमार्ग तथा विभिन्न स्थानमा खसेको पहिरो पन्छाउन कार्य भइरहेकाले फर्पिङ र कान्ति लोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न सकेका छैनन् ।
यसबाहेक अन्य नाकाको सवारी आवागमन भने सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जानकारी दिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका ४ दाउन्ने स्थित खोर्सानी खोलामा सडक भासिएकाले सवारी आवागमन प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ असोज २०८१, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक: पूर्वी खण्डको ५० किमी कालोपत्र
बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो
थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी
थापाथलीमा मेलम्चीको पाइप फुट्यो, सडक अवरूद्ध
सडक कालोपत्रे गर्न माग गर्दै वडाध्यक्षले सडकमै सञ्चालन गरे कार्यालय
म्याग्दीको दुर्गम बस्ती बगरमा सडक सञ्जालमा जोडियो