काठमाडौँ । नेपाल चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आगामी मङ्सिर २८ र २९ गते हुने भएको छ । सङ्घले प्रेस विज्ञप्ती जारी गर्दै वार्षिक कार्यक्रम अन्तर्गत ‘हेल्थ बियोन्ड हेल्थ’ नामक मुख्य सन्देशसहित सम्मेलन गरिने सङ्घका महासचिव डा सन्जिव तिवारीले जानकारी दिए ।
उनले भने, “सम्मेलनमा विषयविज्ञ, प्रबुद्धवर्ग, नेतृत्वकर्ता तथा सरोकारवालाको प्रत्यक्ष सहभागितामा नीतिगत विचार विमर्शमार्फत सैद्धान्तिक बहस हुनेछ ।
यस सम्मेलनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अन्य मन्त्रालयलगायत विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायसँग छलफल गरी दिगो विकास लक्ष्यतर्फ अग्रसर हुन एकीकृत रणनीति बनाउने तयारी गरेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ असोज २०८१, १३ : ४०
लेखकबाट थप