दुर्घटना न्यूनीकरण गर्न छाडा चौपायाका घाँटीमा ‘रिफ्लेक्टर’

सफल खबर संवाददाता

विहीबार, १७ असोज २०८१, १२ : ०८
दुर्घटना न्यूनीकरण गर्न छाडा चौपायाका घाँटीमा ‘रिफ्लेक्टर’

बाँके। छाडा चौपायाका कारण सडक दुर्घटना नहोस् भन्ने उद्देश्यले नेपालगन्जका छाडा चौपायाको घाँटीमा ‘रिफ्लेक्टर’ लगाइएको छ । छाडा चौपायाका कारण राति बढी दुर्घटना हुन थालेपछि प्रहरीले छाडा चौपायालाई रिफ्लेक्टर लगाएको वडा प्रहरी कार्यालयका प्रमुख अरुण बमले बताए ।

नेपालगन्ज उपमहानगरपालिका–४, ५ र ६ का सडकमा अधिक छाडा चौपाया भेटिने गरेका बताउँदै उनले  रिफ्लेक्टर लगाउन  सहज नभएको गुनासो गरे ।

छाडा चौपाया व्यवस्थापन स्थानीय तह, ट्राफिक प्रहरी र प्रशासनलाई चुनौतीपूर्ण बन्दै गएको उनले बताए । हालसम्म नगरक्षेत्रमा रहेका छाडा चौपायाको यकिन विवरण सङ्कलन नभएको जानकारी प्रमुख बमले दिए । 

प्रतिक्रिया दिनुहोस