बैतडीमा जिप दुर्घटनामा परि ८ जना घाइते

सफल खबर संवाददाता

शुक्रबार, ११ असोज २०८१, ०९ : ४०
बैतडीमा जिप दुर्घटनामा परि ८ जना घाइते

बैतडी । बैतडीमा बिहीबार राति जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–३ डुवापानीमा से १ ज ३२० नम्बरको जिप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन्।

जिपमा ८ जना सवार थिए। अन्य २ जना सकुसल छन्। सामान्य घाइते ५ जना जिल्ला अस्पतालमा उपचारपछि राति नै घर फर्किएका थिए।

गम्भिर घाइते दिलिप नाथलाई थप उपचारका लागि राति नै धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ। उनको हात र पिठ्युमा चोट लागेको छ।

दशरथचन्द नगरअन्तर्गत पर्ने छेला दुर्गाभवानी ग्रामीण कच्ची सडकमा जिप अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटना भएको हो। 

प्रतिक्रिया दिनुहोस