कुनै पनि बहानामा प्रेसमाथि अंकुश लगाउन पाइदैन : सभापति देउवा

शुक्रबार, २६ असोज २०७५, १४ : ४१
कुनै पनि बहानामा प्रेसमाथि अंकुश लगाउन पाइदैन : सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतालाई कुनै पनि बहानामा अंकुश लगाउन नपाइने बताउनुभएको छ । प्रेस युनियन चितवन शाखाको नवर्निमित भवन एवं आठौं अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोध गर्दै देउवाले प्रेस माथि हस्तक्षेप भए नेपाली कांग्रेसलाई सहिया नहुने बताउनुभयो । सम्बोधनका क्रममा देउवाले देशको राजनीतिको विषय उठान गर्नु भएन ।

प्रेस स्वतन्त्रताको पक्षमा नेपाली कांग्रेस लड्दै आईरहेको छ,उहाँले भन्नुभयो,“ पंचायत कालमा पनि प्रेस स्वतन्त्रता लागि अवाज उठाएकै हो । प्रेसलाई अप्ठारोमा पार्न खाजे चुप लागेर बस्दौनौं ।” प्रेस युनिययनले पाटीको घोषित सिद्धान्त नीतिलाई पे्रस मार्फत नेपाली जनताको घर घरमा सुचना प्रवाह गर्ने जिम्मेवार रहेको भन्दै निधर्क भएर बढ्न आग्रह गर्नुभयो । प्रेस माथि हस्तक्षेप भए कांग्रेस प्रतिकारमा उत्रने चेतावनी दिनुभयो । प्रेस युनियनको अधिवेशबाट सर्वसम्मत रुपमा नयाँ समिति गठन गर्न शुभकाना व्यक्त गर्दै उहाँले पाटीको तर्फबाट कुनै पनि हस्तक्षेप नहुने उल्लेख गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री शशांक कोईरालाले प्रेस स्वतन्त्रताको लागि नेपाली कांग्रेस सदैव पत्रकारहरुको साथमा रहने बताउनुभयो । त्यस्तै भरतपुर महानगर प्रंमुख रेनु दाहालले पत्रकारको हक हितका लागि महानगर पत्रकारसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताउनुभयो । प्रेस युनियन चितवनले चिजकुमार विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७१,०७२, ०७३ क्रमश ः पत्रकारहरु किशोर नेपाल, कुलचन्द्र वाग्ले र तेजप्रकाश पण्डितलाई प्रदान गरेको छ । पुरस्कारको राशी नगद ५१ हजार १ सय ५१ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस