काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालय सम्बन्धी बाहिर नकरात्मक टिकाटिप्पणी हुने गरेको भन्दै अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बताएका छन् ।
बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखक अध्यागमनका बारेमा राम्रो बुझाई नभएको भन्दै यहाँ कुनै खालको अवाञ्छनीय गतिविधि भए कुनै हालतले स्वीकार्य हुने बताए ।
विमानस्थलमा कार्यरत सरकारी अन्य संयन्त्रसित समन्वय गरेर काम गर्न उनले अध्यागमनका कर्मचारीहरुलाई निर्देशन समेत दिए । ‘अन्तर्राष्ट्रिय विमानस्थल देशको ऐना हो’, उनले भने, ‘आउने मान्छेले नेपाल हेर्ने यही हो, र जाने मान्छेले पनि नेपालको व्यवहार देख्ने यहीँ हो ।’
गृहमन्त्री लेखकले अध्यागमनका सोर्हादपूर्ण, सहिष्णु,नरम र सेवामुखी हुन जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ असोज २०८१, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक
कांग्रेस–एमालेबीच सत्ता साझेदारीमा समस्या छैन : गृहमन्त्री लेखक
‘नयाँ वर्षसँगै लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुनेछ’: गृहमन्त्री लेखक
यातायात व्यवसायीको भूमिका अतुलनीय : गृहमन्त्री लेखक
गृहमन्त्रीको आग्रह- हिन्दू धर्मलाई निकृष्ट राजनीतिको रूपमा प्रयोग नगरौं
गृहमन्त्रीले भेटे कोटेश्वरमा प्रहरीको गोली लागेकी रेविकालाई