सैनिक प्रवक्तामा सहायकरथी भण्डारी

शनिबार, १५ पुस २०७४, १४ : ३६
सैनिक प्रवक्तामा सहायकरथी भण्डारी

चितवन । नेपाली सेनाले सहायकरथी गोकुल भण्डारीलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिएको छ । धनकुटाको हिलेस्थित–२ नम्बर बाहिनीको प्रमुखको जिम्मेवारीमा रहेका सहायकरथी भण्डारीले केही दिनमै प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन् ।

हालका प्रवक्ता सहायकरथी नैनराज दाहाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा पश्चिम क्षेत्रको कमाण्डरको जिम्मेवारी पाउनुभएपछि सेनाले प्रवक्तामा भण्डारीलाई ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस