बुबाको जन्मदिनमा विद्यार्थीलाई झोला

शनिबार, १५ पुस २०७४, १४ : ३२
बुबाको जन्मदिनमा विद्यार्थीलाई झोला

तेह्रथुम । आफ्ना पिताको जन्मदिनको अवसरमा एक समाजसेवीले विद्यालय झोला वितरण गरेका छन् । ज्ञान प्रकाश नारायण सेवा समाजका अध्यक्ष डा वेदप्रकाश उप्रेतीले आफ्ना पिता समाजसेवी लक्ष्मीप्रसाद उप्रेतीको ९७ औँ जन्मजयन्तीका अवसरमा तेह्रथुम आठराई गाउँपालिका–६ चुहानडाँडाका ५२० विद्यार्थीलाई विद्यायल झोला वितरण गर्नुभएको हो ।

साविक चुहानडाँडा गाविसका आठ सामुदायिक र एक निजी विद्यालय गरी नौ वटा विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई पढाइप्रति उत्प्रेरणा जगाउने उद्देश्यले उक्त झोला वितरण गरिएको तेह्रथुम बहुमुखी क्याम्पस चुहानडाँडाका प्रध्यापक दीपकराज उप्रेतीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस