कांग्रेसका पूर्व सांसदहरुको सिंहदरबारमा भेला : नेतृत्वप्रति असन्तुष्ट

शनिबार, १५ पुस २०७४, १४ : २५
कांग्रेसका पूर्व सांसदहरुको सिंहदरबारमा भेला : नेतृत्वप्रति असन्तुष्ट

चितवन । नेपाली कांग्रेसका पूर्व सांसदहरुले नेतृत्वमा पुगेकाहरुमा उपभोक्तावादी चरित्र हावी हुदै गएका कारण पार्टीले पराजय भोग्नुपरेको बताएका छन् ।
कांग्रेसका पुर्व सांसदहरुले नेतृत्वमा रहेकाहरुमा पार्टीको वास्तविक चरित्र लोकतान्त्रिक संस्कृतिको कमि  र उपभोक्तावादी संस्कृतिको हावी भएको भन्दै चर्को आलोचना समेत गरेका छन् ।
 शनिबार सिंहदरबारमा भेलामा सहभागीले पार्टी भित्र लोकतान्त्रिक संस्कृति भन्दा उपभोक्तावादी संस्कृति हावी भएकाले निर्वाचनमा नराम्रो संग पराजय व्यहोर्नुपरेको बताए ।
 जसरी पनि पद प्राप्ती गर्ने, सत्तामा पुग्ने, सम्पत्ति आर्जन गर्ने र माथि पुगेपछि आफ्नालाई मात्रै स्थापित गर्दै लैजाने चरित्र पार्टीमा स्थापित हुदै गएमा पार्टी नै ध्वस्त हुने भन्दै उनीहरुले नेतृत्वको ध्यानाकर्षण गराए ।
 सिद्धान्त र आदर्श गौण बन्दै गईरहेका बेला निर्वाचन केन्द्रीत पार्टी रणनिति पनि असफल भएको उनीहरुको टिप्पणी थियो । जनजीविका र जनसुविधाका व्यवहारिक नारा बनाउनुपर्नेमा सैद्धान्तिक नारा मात्रै बनाएकाले जनताले पार्टीको कार्यशैली र नारालाई नै नरुचाएको दाबी पूर्व सांसद होमराज दाहालले गरे ।

अर्का पूर्वसांसद ओमकार प्रसाद श्रेष्ठले  सामूहिक नेतृत्व, सामुहिक जिम्मेदारी र सामुहिक निर्णयबाट नै पार्टी भित्र सुधार आउने भन्दै पुर्नजागरण र आमुल परिर्वतनको खाँचो औल्याए ।
मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसले प्रतिनिधिसभा तर्फ १ सय ६५ सिटमा जम्मा २३ सिटमा मात्रै बिजय प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस