सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–८ साता गाउँमा रहेको बलभद्र निम्न माध्यमिक विद्यालय दुई दिनदेखि बन्द भएको छ । जिल्लामा निरन्तर वर्षा भएर विद्यालय जाने साता गाउँ नजिकको बाटो पहिरो आएर भत्किँदा विद्यार्थी उपस्थित नहुँदा विद्यालय बन्द भएको हो ।
बाटो भत्किँदा सिमकोट–८ याङ्गु गाउँका विद्यार्थी दुई दिनदेखि विद्यालय जान नपाएका हुन् । भारी वर्षा भएर बिहीबार र बुधवार दुई दिन यहाँका विद्यार्थी विद्यालय जान नपाएको बलभद्र निमाविका शिक्षक पेमाथुकेत तामाङले बताए । याङ्गुबाट विद्यालय जानेबिच क्षेत्रको बाटो भत्किएको हो ।
विद्यालयमा विद्यार्थी उपस्थित नभएपछि उनीहरूको पठनपाठन प्रभावित हुनुका साथै विद्यालय बन्द भएको हो । आवतजावत गर्न नमिल्ने भएपछि विद्यार्थी विद्यालयमा उपस्थित नभएपछि बन्द गरिएको हो ।
पढ्न आउने विद्यार्थी बाटो अवरुद्ध हुँदा समस्यामा परेको स्थानीयले बताएका छन् । बाटो अवरुद्ध हुँदा विद्यार्थीलाई मात्रै नभएर दैनिक आवतजावत गर्ने यहाँका स्थानीयलाई समेत समस्या भएको छ । विद्यालयको माथि पट्टिको भाग पनि जोखिमयुक्त हुँदा विद्यालय नै बन्द गर्नुपरेको उनले बताए । पानी परेको समय विद्यालय भत्किने डर हुने हुँदा पनि विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २९ भदौ २०८१, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङसहितको वर्षा पूर्वतिर सर्दै, सतर्क रहन आग्रह
काठमाडौं उपत्यकामा वर्षा
जुम्लामा वर्षा र हिमपात, किसानलाई राहत (तस्वीरहरू)
नेपालमा सौर्य गतिविधि र वर्षाको प्रवृत्तिमा समानता
वर्षाबाट ३४ राजमार्गका ८०५ स्थानमा पहिरो, अझै ३१ स्थानमा अवरोध
सुनसरीको तरहरा भारी वर्षा, सतर्कता अपनाउन आग्रह