काठमाडौँ । सरकारले सहसचिव महादेव पन्थलाई सचिवमा बढुवा गरेको छ ।
बिहीबार(हिजो) बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश सरकारको कायममुकायम(कामु) प्रदेश सचिव रहेका सहसचिव पन्थलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि डा. कमल प्रसाद पोखरेल, महादेव पन्थ र रघुराम विष्टको नाम सिफारिस गरेको थियो । जसमध्ये दोस्रो नम्बरमा सिफारिस पन्थलाई सचिवमा बढुवा गरेको हो । यसअघि भाद्र २० बिहीबारको मन्त्रिपरिषद्ले दोस्रो नम्बरमा सिफारिस कार्कीलाई सचिवमा बढुवा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ भदौ २०८१, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्सेको सीईओमा नारद लुइँटेल नियुक्त
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
मन्त्रिपरिषद् बैठक बस्दै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय (निर्णयसहित)
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय