एमाले पोलिटब्युरो बैठक बस्दै, वार्षिक कार्ययोजनाबारे छलफल गर्ने

सफल खबर संवाददाता

मंगलबार, १८ भदौ २०८१, १० : २९
एमाले पोलिटब्युरो बैठक बस्दै, वार्षिक कार्ययोजनाबारे छलफल गर्ने

काठमाडौं । सत्तारुढ नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको छ ।

बैठकमा पार्टीको वार्षिक कार्ययोजना, समसामयिक राजनीतिक परिस्थिति, सरकारको समीक्षालगायत विषयमा छलफल हुनेछ ।

भोलिसम्म चल्ने बैठकमा केन्द्रीय सचिवालयले तयार पारेको २०८४ सालसम्मको पार्टी कार्ययोजनाबारे विस्तृत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन, सदस्यता र सङ्गठन विस्तार अभियान समेटिएका छन् ।

एमालेले यसअघि केन्द्रीय कमिटी बैठकबाट २०८१ भरि सङ्गठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस