काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वातावरण प्रदूषणबारे सरकार संवेदनशील रहेको बताएका छन् । शुक्रबार राजधानीमा वायु प्रदूषणले बालबालिका, महिला तथा सीमान्तकृत समुदायमा पारेको असर सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले सो कुरा बताएका हुन् ।
‘जो जोलाई असर पारेको छ,’ उनले भने, ‘उहाँप्रति हामी यी विषयलाई सम्बोधन गर्न नीतिगत र संस्थागत सुधार गरेर जाँदैछौँ ।’ मन्त्री ठकुरीले त्यसका लागि स्थानीय सरकार, स्वास्थ्य मन्त्रालय लगायत सरोकारवाला निकायसँग पनि समन्वय गर्ने बताए ।
नेपालमा वायु प्रदूषणले बालबालिका, महिला तथा सीमान्तकृत समुदायमा बढी असर पारेको आयोजक पक्षको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ भदौ २०८१, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वनस्पति क्षेत्रको थप विकास र व्यवस्थापन गर्न जरुरी छ : वनमन्त्री ठकुरी
जलवायु न्याय नेपालका लागि निकै महत्त्वपूर्ण विषय हो : वनमन्त्री