राष्ट्रपतिको हरेक महिना एकदिन सार्वजानिक स्थलमा कार्यक्रमः आज भक्तपुर दरबार स्क्वायर जाने

सफल खबर संवाददाता

शुक्रबार, १४ भदौ २०८१, ०७ : ३७
राष्ट्रपतिको हरेक महिना एकदिन सार्वजानिक स्थलमा कार्यक्रमः आज भक्तपुर दरबार स्क्वायर जाने

File Photo

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल हरेक महिनामा एकदिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम तय भएको छ ।

 जसअनुसार शुक्रबार उनी भक्तपुर दरवार स्क्वायर जाने तय भएको राष्ट्रपतिको सचिवालयले जनएको छ । पहिलो कार्यक्रम भक्तपुरबाट शुरु हुन लागेको र त्यसपछि क्रमशः अन्य स्थानमा पनि जाने सचिवालयको भनाइ छ । 

राष्ट्रपति पौडेल बिहान साढे ११ बजे भक्तपुर दरवार क्षेत्रमा पुग्नेछन् भने त्यहाँ उनले आम नागरिसँग संवाद गर्नुका साथै स्थानीयहरूको गुनासो सुन्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस