पोलिटब्यूरो बैठक बोलाउने एमालेको निर्णय

सफल खबर संवाददाता

विहीबार, १३ भदौ २०८१, १९ : ०५
पोलिटब्यूरो बैठक बोलाउने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले आगामी १८-९ भदौमा पोलिटब्यूरो बैठक बोलाउने निर्णय गरेको छ । केन्द्रीय मुख्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकले पोलिटब्यूरो बैठक बोलाउने निर्णय गरेको हो ।

पार्टीको आगामी कार्ययोजनाबारे छलफल गर्न पोलिटब्यूरो बैठक बलाउने निर्णय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सचिवालयले पारित गरेको पार्टीको कार्ययोजनामा सदस्यता नवीकरण र अभिलेखीकरण, बाँकी जिल्ला अधिवेशन र पालिका अधिवेशन गर्ने, कार्यकर्तालाई नियमित प्रशिक्षण गर्न सातै प्रदेशमा पार्टी स्कुलका स्थायी संरचना बनाउने, पार्टी प्रवेश गरेकाहरुलार्ई तीन महिनाभित्र जिम्मेवारी दिने लगायत छन् ।

सचिवालय बैठकले आगामी २६ भदौमा तत्कालीन उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको प्रथम स्मृति सभा गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस