नक्कली प्रमाणपत्रको आरोपमा सशस्त्रका तत्कालीन एसपी शाहूविरुद्ध मुद्दा दायर

सफल खबर संवाददाता

शुक्रबार, ०७ भदौ २०८१, १४ : ५९
नक्कली प्रमाणपत्रको आरोपमा सशस्त्रका तत्कालीन एसपी शाहूविरुद्ध मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल(एपीएफ)का तत्कालीन प्रहरी उपरीक्षक (एसपी) वीरसिंह शाहूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।बढुवाका लागि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोपमा उनीविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार शाहूले  प्रहरी निरीक्षक पदमा बढुवाका लागि बीए तहको नक्कली प्रमाणपत्र पेश गरेका थिए ।आयोगले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी ​गरेको छ ।

प्रतिक्रिया दिनुहोस