के बन्ला त धरहरा ? यस्तो छ २२तलाको डिजाइन !

शुक्रबार, १४ पुस २०७४, २० : ४५
के बन्ला त धरहरा ? यस्तो छ २२तलाको डिजाइन !

काठमाडौं । २०७२ वैशाख १२ गते गएको भूकम्पले ढलेको धरहरालाई अत्याधुनिक प्रविधिबाट २२ तलाको बनाइने भएको छ । पहिले नेपाल टेलिकमल बनाउने भनिए पनि अब राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ने धरहरा बनाउने भएको हो ।

प्राधिकरणले धरहराको नयाँ इन्जिनियरिङ डिजाइन तयार पारिसकेको छ । प्राधिकरणका अनुसार भत्किएको धरहरा अहिलेकै अवस्थामा राख्ने र त्यसको नजिकै नयाँ धरहरा बनाउने तयारी भईरहको जनाएको छ ।

प्राधिकरणले बनाउन लागेको धरहरालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताइएको छ । अहिलेको हुलाक सेवा विभागको जग्गामा समेत बेसमेन्ट पार्किंङ बनाउने तयारी भईरहेको धरहराको २२ तलामा ५६ जना अटाउने खाली ठाउँ बनाईने छ ।

२२ तले धरहरामा लिफ्ट र भर्याङ दुबै हुने छ । धरहरा चढ्नको लागि टिकट काटेर २ तला तल अन्डरग्राउण्डमा गएपछि २२ तला माथिसम्म लिफ्टबाट उकालो लागिनेछ । एक पटकमा लिफ्टमा २० जनासम्म चढ्नसक्ने व्यवस्था हुने छ ।

अहिले हुलाक सेवा विभाग रहेको ठाउँमा बेसमेन्ट पार्किङको लागि विभागलाई चारखालमा जग्गा र घर समेत बनाईदिएर व्यवस्थापन गरिसकेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस