काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा निधन भएको छ ।
सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा दुर्घटना भएको थियो । उनको नेपालगञ्जमा उपचारको क्रममा आज बिहान करिब २ बजेतिर निधन भएको प्रहरीले जनाएको छ ।
उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएका थिए । पार्टीमा मुक्ति उपनामले चिनिने उनी कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामाका श्रीमान पनि हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ भदौ २०८१, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाराको उनासी पुलमा बस पल्टियो, ४३ यात्रु घाईते
त्रिशूली नदी किनारमा भेटिएको ट्रकको दुर्घटना शंकास्पद छ: प्रहरी
बैतडीमा जिप दुर्घटना हुँदा युवतीको मृत्यु, ४ जना घाइते
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु
पाल्पामा भारतीय कार दुर्घटना हुँदा चालकको मृत्यु