थामे अपडेट : ४० घरको बस्तीमा बाढी पस्यो, एक होस्टेल र ४ घर बगे

सफल खबर संवाददाता

शुक्रबार, ३२ साउन २०८१, १५ : ५४
थामे अपडेट : ४० घरको बस्तीमा बाढी पस्यो, एक होस्टेल र ४ घर बगे

विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा आएको बाढीले केही घर बगाएको छ ।

हिम ताल फुटेर बाढी आएको आशंका गरिए पनि यकिन भइसकेको छैन । दूधकोशी नदीमा आएको बाढीले ४ वटा घर र एउटा होस्टेल बगाएको प्रहरीले जनाएको छ । थामेमा ४० घरको बस्ती भएपनि अहिले सबै घरमा परिवार नरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक रोशन खड्काले अहिलेसम्म मानवीय क्षतिको विवरण नआएको बताए । घटनास्थलमा प्रहरी पुगेको र क्षति विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस