पार्टी एकता चाँडै हुन्छ : अध्यक्ष थापा

शनिबार, २० असोज २०७५, १९ : ४८
पार्टी एकता चाँडै हुन्छ : अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा परिवेशका विभिन्न पार्टीसंग चाँडै नै एकता हुने बताउनुभएको छ । 
विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा पार्टी सम्पर्क समाज समन्वय विभागद्वारा आज केन्द्रीय कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “राप्रपा परिवेशका विभिन्न पार्टीसंग यस बारे औपचारिक तथा अनौपचारिक वार्ता भइरहेको छ ।” 

अध्यक्ष थापाले नेपालीपन र पहिचान झल्काउने यी पर्वको विशिष्ट महत्व रहेको उल्लेख गर्दै नेपाली संस्कृतिको संरक्षण र सम्वद्र्र्धनमा पार्टी निरन्तर क्रियाशील रहेको बताउनुभयो । 

नेपाली संस्कृतिमा सदियौँदेखि स्थापित घटस्थापनाका दिनलाई सरकारले सार्वजनिक बिदा कटौती गर्न नहुने बताउँदै उहाँले मुलुकमा बसोबास गर्ने सबै जातजाति तथा समुदायको विभिन्न चाडपर्वले समाजिक सद्भाव र एकता अभिवृद्धि गर्नमा ठूलो सहयोग पु¥याइरहेको छ भन्नुभयो । 

पार्टीका महामन्त्री एवं सम्पर्क समाज समन्वय विभाग प्रमुख भास्कर भद्रा, वरिष्ठ नेता बालाराम घर्तीमगर र प्रदेश नं ३ का अध्यक्ष विक्रमबहादुर थापालगायतले प्राचीन परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । (रासस) 

प्रतिक्रिया दिनुहोस