जुम्ला । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गएराति सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गतको कालीकोट जिल्लाको राँचुली, मोल्फा र फुर्केमा आएको पहिरोले सडक अवरुद्ध भएको हो ।
बिहानैदेखि पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।
राँचुली, मोल्फालगायत स्थानमा सानाठूला पहिरो जाँदा सडक अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौँतर्फ चल्ने सवारीसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्रमा परेका छन् ।
अवरुद्ध भएको ठाउँमा पहिरो पन्छाउने काम सकिएपछि कर्णाली राजमार्ग सञ्चालनमा आउने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ साउन २०८१, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित
उत्तर–दक्षिण कोशी राजमार्ग खुल्यो
पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालन
पहिरो खसेपछि फेरि रोकियो मेची राजमार्गको मर्मतसम्भार
अझै अवरुद्ध यी मुख्य राजमार्ग (सूचीसहित)
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध