गैरआवासीय राजदूतमा घिमिरे नियुक्त

शुक्रबार, १४ पुस २०७४, १७ : ००
गैरआवासीय राजदूतमा घिमिरे नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले रुसी महासंघका लागि आवासीय राजदूत ऋषिराम घिमिरेलाई बेलारुसका लागि गैरआवासीय नेपाली राजदूतमा आज नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस