भैँसीको मासु र सुन्तला चीनमा निर्यातका लागि तयारी अन्तिम चरणमा छ : मन्त्री अधिकारी

सफल खबर संवाददाता

शुक्रबार, २५ साउन २०८१, ०७ : ३८
भैँसीको मासु र सुन्तला चीनमा निर्यातका लागि तयारी  अन्तिम चरणमा छ : मन्त्री अधिकारी

काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले प्रशोधित भैसीको मासु र सुन्तला चिनमा निर्यातका लागि तयारी  अन्तिम चरणमा रहेको बताएका छ्न् ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गसँग शिष्टाचार भेटघाटका क्रममा प्रशोधित भैसीको मासु र सुन्तला चिनमा निर्यात गर्नकाे लागि कानूनी प्रक्रियाहरु पुरा गर्ने अन्तिम चरणमा रहेको बताएका हुन् ।

मन्त्रालयमा  भएको भेटमा नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चिन सरकारको तर्फबाट कृषि तथा ग्रामिण विकास मन्त्रालय बिच कृषि, पशुपन्छी तथा मत्स्यपालनको क्षेत्रमा यस अघि हस्ताक्षर भएको समझदारी पत्र कार्यन्वयन गर्ने दुबै पक्षबाट प्रतिवद्धता ब्यक्त गको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस