न्याय सेवातर्फका दुई जना सचिवमा बढुवा, सिआईबी प्रमुखमा दीपक थापा

सफल खबर संवाददाता

मंगलबार, २२ साउन २०८१, २० : ५१
न्याय सेवातर्फका दुई जना सचिवमा बढुवा, सिआईबी प्रमुखमा दीपक थापा

काठमाडौं  । सरकारले न्याय सेवातर्फका दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आलोकचन्द्र श्रेष्ठ र पाराश्वर ढुंगानालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बढुवा भएका श्रेष्ठलाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा र ढुंगानालाई कानुन आयोगमा पदस्थापन गरेको बताए। 

त्यस्तै सरकारले नेपाल प्रहरीका डीआईजी रामदत्त जोशीलाई एआईजीमा बढुवा गरेको छ। बढुवा भएका जोशीलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा पदस्थापन गरिएको छ।

त्यस्तै केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)मा एआईजी दीपक थापालाई सरुवा गरिएको छ। व्युरोमा कार्यरत एआईजी श्यामलाल ज्ञवालीलाई भने प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ। त्यस्तै उपत्यका प्रहरी कार्यालयमा एआईजी किरण बज्राचार्यलाई रानीपोखरी कार्यालयमा सरुवा गरिएको छ। 

प्रतिक्रिया दिनुहोस