ब्याडमिन्टन संघको वर्तमान कमिटी अवैध, पाएको छैन स्वीकृति : राखेप

सफल खबर संवाददाता

मंगलबार, २२ साउन २०८१, १६ : १८
ब्याडमिन्टन संघको वर्तमान कमिटी अवैध, पाएको छैन स्वीकृति : राखेप

काठमाडौं। राष्ट्रिय खेलकुद परिषदले नेपाल ब्याडमिन्टन संघको साधारण सभालाई स्वीकृति प्रदान नगरिएको जनाएको छ ।ब्याडमिन्टन संघका एक निवर्तमान पदाधिकारीले परिषदसँग संघको आधिकारिकता विषयमा सूचना माग गर्दा परिषदले उक्त जवाफ दिएको हो ।

'संघले निर्वाचनसहितको साधारण सभाका लागि स्वीकृति माग गरेको, तर मापदण्ड पूरा नगरेका कारण परिष‌दबाट स्वीकृति प्रदान नगरिएको,' जवाफ  परिषदले दिएको हो।

राष्ट्रिय खेलकुद परिषदले २०८० जेठ २९ गते विधान संशोधन गरी निर्वाचन गर्नका लागि तदर्थ समिति गठन गरेको, विधान मस्यौदा तयार गर्न परिषदबाट स्वीकृति दिइएको भए पनि साधारण सभाको मापदण्ड पूरा नगरेकाले स्वीकृति प्रदान नगरेको परिषदले जनाएको छ ।

नेपाल ब्याडमिन्टन संघ आर्थिक वर्ष २०८०/८१ सम्म नवीकरण गरिएको समेत परिषदले खुलाएको छ ।रामजीबहादुर श्रेष्ठले आफू संघको अध्यक्ष रहेको तथा आफूले गठन गरेको कमिटीले वैधानिकता पाएको भनेर प्रचारप्रसार तथा लेटरप्याड दुरूपयोग गर्दै आएपछि राखेपले उनी नेतृत्वको कमिटी अवैध रहेको जनाएको हो ।

 

प्रतिक्रिया दिनुहोस