यस्तो छ आज विदेशी मुद्राको विनियम दर

सफल खबर संवाददाता

विहीबार, १७ साउन २०८१, ०७ : ०८
यस्तो छ आज विदेशी मुद्राको विनियम दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

आज पनि अमेरिकी डलर र अस्ट्रेलियन डलरको मूल्य घट्दा युरो, दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। 

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा निर्धारण भएको छ। विगत चार दिनसम्म उच्च मूल्यमा स्थिर रहेको अमेरिकी डलरको मूल्य आज केही घटेको हो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ। हिजो युरो युरो १ को खरिदर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४० पैसा थियो। 

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ७० पैसा र बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५६ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८० पैसा थियो। 

प्रतिक्रिया दिनुहोस