काठमाडौँ । गृह मन्त्री रमेश लेखकले आज बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) मा तीन दलबीच भएको सहमतिबारे ब्रिफिङ गरेका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा बूढानीलकण्ठमा बसेको बैठकमा तीन दलबीच भएको सहमतिबारे पार्टीका नेताहरूलाई जानकारी गराएका हुन् । काँग्रेसका नेता एवं गृहमन्त्री लेखक संयोजक रहेको कार्यदलले टीआरसी विधेयकलाई टुङ्ग्याएको थियो । कार्यदलमा माओवादीबाट जनार्दन शर्मा र नेकपा एमालेबाट महेश बर्तौला सहभागी थिए ।
तीन दलबीच सहमति जुटेसँगै यही अधिवेशनबाटै विधेयक पारित गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ साउन २०८१, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक
कांग्रेस–एमालेबीच सत्ता साझेदारीमा समस्या छैन : गृहमन्त्री लेखक
‘नयाँ वर्षसँगै लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुनेछ’: गृहमन्त्री लेखक
यातायात व्यवसायीको भूमिका अतुलनीय : गृहमन्त्री लेखक
गृहमन्त्रीको आग्रह- हिन्दू धर्मलाई निकृष्ट राजनीतिको रूपमा प्रयोग नगरौं
गृहमन्त्रीले भेटे कोटेश्वरमा प्रहरीको गोली लागेकी रेविकालाई