मकवानपुरको सिस्नेरीमा टाटा सुमो दुर्घटना, १० जना घाइते

सफल खबर संवाददाता

शनिबार, १९ साउन २०८१, १२ : १७
मकवानपुरको सिस्नेरीमा टाटा सुमो दुर्घटना, १० जना घाइते

मकवानपुर । मकवानपुरको सिस्नेरीमा टाटा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

शनिबार बिहान काठमाडौंबाट वीरगन्जको जाँदै गरेको  मधेश प्रदेश ०३-००१ ज ०३६२ नम्बरको सुमो आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएकाे छ ।

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी बजार नजिकै सुमो दुर्घटना भएको हो । घाइते सबैलाई उपचारको लागी काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस