अाफ्नाे दलका मन्त्री गिरीलाई हटाउन कमल थापाले बुझाए पत्र

शुक्रबार, १४ पुस २०७४, १५ : ५७
अाफ्नाे दलका मन्त्री गिरीलाई हटाउन कमल थापाले बुझाए पत्र

चितवन । राप्रपाले अाफ्नाे मन्त्रीलार्इ बर्खास्त गर्न प्रधानमन्त्री समक्ष सिफारिस गरेकाे छ । शहरीविकास मन्त्री दिलनाथ गिरीलाई बर्खास्त गर्न राप्रपा अध्यक्ष अाफैँले सिफारिस गरेका छन् ।
राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापा आफैंले प्रधानमन्त्री कार्यालयमा पत्र बुझाएका हुन् । सम्वन्धित दलले सिफारिस गरेपछि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न सक्नेछन् ।
बिहीबार मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री थापा र मन्त्री गिरीबीच चर्काचर्की भएको थियो । त्यसपछि थापाले बैठकमै गिरीको राजीनामा मागेका थिए ।
मन्त्री थापाले पनि आफूले प्रधानमन्त्रीलाई राजीनामा दिने हो भनी अाेठे जवाफ फर्काएका थिए । थापाले शुक्रबार नै पार्टीको बैठक राखेर गिरीलाई हटाउनेबारे छलफल गरेको थिए ।

 

प्रतिक्रिया दिनुहोस