लमजुङ । पहिरो खसेपछि बेँसीसहर–चामे सडक आज बिहानदेखि फेरि अवरुद्ध भएको छ।
गए रातिदेखि परेको निरन्तरको वर्षाले यस सडकअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार केही वर्षअघि पनि पटकपटक पहिरो खसेको स्थानमा आज बिहान फेरि पहिरो खसेको हो।
पहिरो खसेको स्थानभन्दा मुनि मस्र्याङ्दी नदी छ। भौगोलिक रुपमा पहिरो खसेको ठाउँ अत्यन्तै जोखिमपूर्ण छ।
सडक अवरुद्ध हुँदा मनाङ र लमजुङको उत्तरी क्षेत्रका स्थानीयलाई समस्या भएको छ। बेँसीसहर चाँमे सडक वर्षात् सुरु भएपछि पटकपटक अवरुद्ध हुँदै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्याग्दीको दुर्गम बस्ती बगरमा सडक सञ्जालमा जोडियो
कुसहा-मौवहा-बेल्ही सडक जीर्ण
जुम्लामा ११ किलोमिटर सडक निर्माण
महेन्द्र राजमार्ग र मदनभण्डारी राजमार्गका सडकमा बिस्कुन सुकाए कारबाही
सडक विभागका सब इन्जिनियर बर्खास्त
विश्व बैंकका तीन सडक एकसाथ स्तरोन्नति