काठमाडौं। दक्षिण भारतको केरला राज्यमा भीषण वर्षापछि पहिरो जाँदा कम्तीमा ४३ जनाको ज्यान गएको छ ।पहिरोमा परी दर्जनौँ मानिस फसेको आशङ्का गरिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीकाे समाचारमा जनाइएको छ ।
पहिरोबाट मंगलवार दिउँसोसम्म १०० जना जतिको उद्धार भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।खोज तथा उद्धार कार्यका लागि २०० भन्दा बढी सैनिक तैनाथ गरिएको बताइएको छ ।
प्रभावित स्थानमा खोज तथा उद्धार अभियान चलिरहेको छ । तर ठूलो वर्षा तथा एउटा महत्त्वपूर्ण पुल भत्किएका कारण उद्धारकार्य प्रभावित भएको बताइएको छ ।केरलाका मन्त्री एके शशीन्द्रनले क्षतिको विवरण आउन अझै केही समय लाग्ने बताएका छन् ।
केरलाकी स्वास्थ्यमन्त्री वीणा जर्जले स्थानीय अस्पतालहरूमा कम्तीमा ७० जना घाइतेलाई लगिएको बताएकी छिन् ।भारतको दक्षिणी तटीय राज्य केरलामा वर्षाका कारण वायनाड जिल्लास्थित घटनास्थलको प्रमुख पुल भत्किएकाले उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा केरला सरकारलाई विपद्को अवस्थामा सम्भावित सबै सहयोग गर्ने बताएका छन् ।केरलाको वायनाडका विभिन्न स्थानमा मंगलवार सबेरै पहिरो गएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ साउन २०८१, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केरलाको पहिरोमा परेर मर्नेको संख्या १७८ पुग्यो