काठमाडौं। भारतमा भारी मनसुनी वर्षाले निम्त्याएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । सयौँ मानिसहरू पहिरोमा फसेको आशंका गरिएको अधिकारीहरूले बताएका छन् ।
भारतको दक्षिणी तटीय राज्य केरलामा वर्षाका कारण वायनाड जिल्लास्थित घटनास्थलको प्रमुख पुल भत्किएकाले उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
केरला राज्यकी स्वास्थ्यमन्त्री रीना जर्जले विभिन्न अस्पतालमा २४ वटा शव प्राप्त गरेको प्रेस ट्रस्ट अफ इन्डियालाई बताइन् । खोज तथा उद्धार कार्यका लागि २०० भन्दा बढी सैनिकहरू तैनाथ गरिएको उनले बताइन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा केरला सरकारलाई विपद्को अवस्थामा सम्भावित सबै सहयोग गर्ने आश्वासन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ साउन २०८१, १३ : १३
लेखकबाट थप